एन आई सी एशियाको एटिएम कार्ड प्रयोगमा नगद फिर्ता योजना

काठमाडौं, माघ १८ । एन आई सी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यस बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनि POS मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना ल्याएको छ । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको लागि यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत यस बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी रु ५०० सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । यस योजनाबाट बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले १६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा ATM मेशिन तथा ५१८ वटा POS मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको तथा यस्ता योजनाहरुबाट ग्राहकवर्गहरूलाई आगामी दिनमा थप सुविधा प्रदान गर्दै लैजाने नीति बैंकले लिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =