अनिश्चितकालीन बन्द आह्वान

रोल्पा, २० असार । गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ ।

सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताउनुभयो ।

रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतमा राखेर आइतबार राति १० बजे रिहा गरिए पनि केही दिनअघि अर्का कार्यकर्ता वीरबहादुर ओलीलाई गिरफ्तार गरी हालसम्म पनि रिहा नगरेको पार्टी रोल्पाले जनाएको छ । गिरतार गरिएका आफ्ना कार्यकर्ता रिहा नभएसम्म यातायात बन्द जारी रहने सो पार्टीले बताएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *