सपना मात्रै हङकङ, सिङापुरको देख्ने अनि ब्यवहार चै झिंगापुर ??

कुनैपनि विषय र प्रसंगमा पनि आजकल सामाजिक संजालमा बहस हुनु सामान्य कुरा हो । समाज, राजनीति, ब्यक्तिगत जिवन
विश्व परिवेश सबैमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना धारणा राख्ने गरेका छन् । यस्तै सामाजिक प्रयोगकर्ता अर्जुन खड्काले
आज खुल्ला दिसामुक्तका विषयमा फोटो सहित आफ्ना विचार राखेका छन् ।

Arjun K. Khadka 

दुहबीमा खुल्ला दिशामुक्त क्षेत्र मात्रै घोषणा भएको हो, लुकेर चै दिशा, पिसाब दुइटै मज्जाले गर्न मिल्ने रहेछ । कागजमा लेख्दैमा सबैमुक्त हुदैन, ब्यावहारमा लगाउन स्थानिय सरकारले नीति नियम बनाएर हरेक गाउँ टोल सम्म कडाइका साथ लागू गर्नु पर्छ। बाटोमा थुक्यो मात्रै भनेपनी बिकसित मुलुकमा ठूलो जरिवाना लाग्छ । सपना मात्रै हङकङ, सिङापुरको देख्ने अनि ब्यवहार चै झिंगापुर ?? यो दायित्व नगरपालिकाले कानुन बनाएर लागू गर्ने र भकाभक जरिवान लगाउने हो भने यस्तो गतिविधि बन्द हुनेछ। नत्र चर्पी बनाइदिए पनि अर्ति दिए पनि मान्छेले मान्ने वाला छैनन, यो समस्या आजिबन रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =