विद्यालयको खाना खाएपछि चीनमा ९० शिशु बिरामी

चीन, माघ ९ । उत्तरी चीनको हेवेई प्रान्तमा ‘विषाक्त खाना’ खाएर विरामी परेको शङ्कामा ९० जना पूर्वप्राथमिक विद्यालयस्तरका बालबालिकालाई अस्पताल भर्ना गरिएको छ।

स्थानीय सरकारले सोमबार दिएको जानकारी अनुसार लिङशाओ काउन्टीको प्रान्तीय राजधानीमा रहेको एक निजी विद्यालयमा बालबालिकाहरूले दिउँसोको खाना खाएपछि बिरामी परेका थिए ।

शिशुहरूको स्वास्थ्य निगरानी तथा उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । हाल उनीहरूको स्वास्थ्य स्थिती स्थिर रहेको बताइएको छ । उनीहरूको खानामा भूलवस नियमित नूनको सट्टामा नाइट्राइट धुलो परेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अस्पतालले बताएको छ ।

स्थानीय स्वास्थ्य, शैक्षिक, सार्वजनिक सुरक्षा तथा बजार अनुगमन विभागले घटनाबारे थप अनुसन्धान अघि बढाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =