कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ बिजयी

पोखरा, माघ २ । कास्की जिल्ला फुटबल संघको सातौ अधिवेशनबाट अगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा मिलन गुरुङ निर्वािचत भएका छन् । मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले प्रतिशपर्धी शिव गुरुङ (माया)लाई ८ मतको अन्तरले पराजित गरेका हुन् । मिलनले १३ मत प्राप्त गरेका बिजयी भएका थिए भने शिवले ५ मत मात्र प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वा्चित भएका छन् । सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर निर्विरोध निर्वाची भए । सचिव र कोषाध्यक्ष भने मनोनयन भईसकेको छैन् । कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने छ ।

नयाँ नेतृत्वसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कपलाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ । अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋण समेत यो नयाँ कार्यसमितिको काँधमा आईपुगेको छ । अधिवेशनमा कास्की जिल्ला फुटबल संघका आवद्ध २३ क्लब मध्ये केवल १८ क्लबले मात्रै मताधिकार पाएका थिए ।

संघको अधिवेशनको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितका अध्यक्ष खगराज पौडेलले उद्घाटन गरे । अधिवेशनको उदघाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला पुर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै फुटबल विकासको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले खेलकुद भित्र जातीयवाद र राजनीतिवादले धरासायी बन्दै गएको भन्दै फुटबलमा यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। अधिवेशन सचिव शिव गुरुङ(माया) र कोषाध्यक्ष हिटलर घलेको कोषाध्यक्षको प्रतिवेदनलाई पास गरिएको थियो । कोषाध्यक्षको प्रतिवेदन अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्दा ७ लाख ४४ हजार रुपैयाँ ऋण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =