यस्तो छ, आजको तपाईंको राशीफल

 

 

 

 

 

 

 

माघ कृष्ण पक्ष चतुर्दशी ,सोमवार माघ १ गते २०७४, January 15, 2018 चन्द्रमा धनु राशिमा । माघ स्नान
खिचड़ी खाने दिन। माघे संक्रान्ति

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिन हजुरको आर्थिक स्थिति राम्रो भएनि सानो तिनो रोग व चोटपटक लाग्न सक्छ। आज भोलि ग्रहको स्थितिले गर्दा हजुरको मनमा नेगेटिव प्रभाव हुनाले बिहानको स्नानपछि ॐ मंत्रको उच्चारण गर्दै ध्यानमा बस्नुहोला ध्यान राख्नुहोला कि त्यो बेला हजुरको मुख पूर्व दिशातिर फर्केको होस्। आजको दिनमा वाणीको देवताको प्रभाव हुनाले कसैसंग बोल्दा कुनैपनि कुरा झ्याप्प नबोल्नुहोला बोलीको कारणले काम बिग्रने संकेत छ। मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा हजुरलाई मानसिक पीड़ा हूने संकेत छ साथै हजुरले आजको दिनमा कुनै नयाँ कार्य एवं कुनै नयाँ जागिरको लागि अप्लाई नगरेको राम्रो, आजको दिनमा हजुरको नचाहिने कुरामा पनि खर्च हुने देखाएको छ साथै आजको दिनमा हजुरलाई स्त्रीबाट फाईदा देखाएको छ। हजुरको जिद्दी स्वभावको कारणले आज बन्न लागेको काम नि बिग्रन सक्ने योग छ।घरबाट निस्कदा ॐ नमः शिवाय मंत्र जप गरेर निस्कनुहोला। वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4,
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिन आर्थिक पक्षको हिसाबले मजबूत हुनेछ साथै मनमा एउटा नयाँ उमंग आउनेछ। आजको दिनमा विद्यार्थीले आमा वुवा तथा गृहस्थीलाई आफ्नो श्रीमान श्रीमतीबाट सुख मिल्ने संकेत छ यदि हजुरलाई कुनै व्यापार शुरुवात गर्ने मन छ भने कुन व्यवसायमा लगानी राम्रो हुन्छ त्यो कुरा ज्योतिषी संग सोधेर नयाँ कामको थालनी गर्न सक्नुहुनेछ।आजको दिनमा भ्रमण योग नि बनेको छ। आजको दिनमा ॐ महालक्ष्म्यै नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8,
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा हजुरको लागि नाम कमाउने दिन परेको छ साथै आजको दिनमा हजुरलाई ग्रहले प्रबल बनाएका छन् त्यहि कारणले ग्रहले आज हजुरलाई जताततै बाट विजयी बनाएको छ, आजको दिनमा हजुरले आफ्नो परिवारको सहयोगबाट रोकिएको काम पुरा गर्नुहुन्छ।
आजको दिनमा ॐ गं गणपतये नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7,
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा हजुरको विरोधी बढ्ने योग बनेको छ साथै हजुरले शुरु गरेको काममा केहिन केहि समस्या आउने छ, रात्रिको समयमा मानसिक असन्तोष हुनेछ तथा आजको दिनमा पेट सम्बन्धित रोग लाग्नेछ। बिहानको स्नानपछि ॐ मंत्र उच्चारणगरी केहि समय ध्यानमा बस्नुहोला। सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज
दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4,
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा हजुरको मन चंचल प्रवृत्तिको हुनेछ साथै आफ्नो परिवारको सदस्यसंग सानो झगड़ा हुने योग देखिएको छ, आजको दिनमा घर बाहिरको खाना नखानुहोला खानामा गडबड़ी भएर रोग लाग्ने संकेत देखिएको छ, तथा आजको दिनमा कुनैपनि नयाँ कार्यको शुरुवात नगर्नुहोला।आजको दिनमा ॐ बुं बुधाय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो रहने तथा सबै काममा फाईदा मिल्ने योग बनेको छ, आजको दिनमा हजुरको घरमा लक्ष्मीको आगमन हुनेछ। आजको दिनमा मनमा धार्मिक तथा अरुलाई सहयोग गर्ने भावना पलाउछ। यदि हजुरले कुनै कामको शुरुवात गर्न चाहेको भए आजको दिनमा शुरुवात गर्न सक्नुहुनेछ। आजको दिनमा ॐ नमः शिवाय मंत्रको जप गर्नुहोला।
तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
………………………..
#वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरलाई मानसिक असन्तोष हूनेछ साथै आँखामा कष्ट हुने संकेत देखिएको छ, आजको दिनमा हजुरको जथाभावी खर्च हुनेछ तथा विद्यार्थीलाई विद्याक्षेत्रबाट घाटा देखिएको छ, आजको दिनमा हजुरले गरेको कामबाट हजुरले जस पाउनुहुदैन। आजको दिनमा ॐ ऎं ह्रिं क्लिं चामुंडायै विच्चै नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18,
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो तथा आदर सत्कार पाउने योग हुनाको साथै आजको दिनमा हजुरको प्रेम प्रसंग सुमधुर हुनेछ। आजको दिनमा हजुरले गरेको लगानीले हजुरलाई फाईदा पुर्याउने छ तथा शिक्षा क्षेत्रमा विशेष प्रगति हुनेछ। आजको दिनमा ॐ बृ बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12,
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी) आजको दिनमा हजुरलाई मानसिक रुपमा पीडा मिल्नेछ तथा आफ्नै परिवारको सदस्यसंग विवादपनि पर्नेछ। आजको दिनमा हजुरको आत्मसम्मानलाई तल पार्ने कुरा सुन्न पर्ने हुन्छ साथै आय सम्बन्धित समस्यानि उत्पन्न हुनेछ। आजको दिनमा ॐ गं गणपतये नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि
संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8,
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा हजुरलाई एक्कासी धन तथा जमीन सम्बन्धित फाईदा हूनाको साथैजताबाट पनि हर्षको खबर सुन्ने योग बनेको छ। आजको दिनमा हजुरले सरकारी स्तरबाट सम्मान पाउने योग पनि देखिएको छ तथा आजको दिनमा साथी भाईबाट सहयोग पाउनुहुन्छ। आजको दिनमा ॐ महालक्ष्म्यै नमः मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13,
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो हुनेछ तर मानसिक अशान्ति हुनाको साथै कुनै व्यक्तिसंग विवाद पर्ने तथा चोट पटक लाग्ने हुनाले गाड़ी चलाउँदा ख्याल गर्नुहोला साथै आजको दिनमा हजुरले सोचेको काममा असफलता मिल्ने छ। आजको दिनमा ॐ हनुमते नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव
रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक
भाग्य अंक: 3, 7, 12,
…………………
लेखक- ज्योतिषी कृष्ण रेग्मी (मधु)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =