बाँकेको १३ स्थानिय तहको निर्वाचनको नतिजा सार्वजनिक

असार १८, बाँके । असार १४ गते भएको स्थानिय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । बाँकेमा अहिलेसम्म राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाको नतिजा सार्वजनिक भैसकेको छ । राप्ती सोनारी र डुडुवामा नेपाली काँग्रेस विजयी भएको छ भने नरैनापुरमा संघिय समाजवादी फोरमले विजयी हात परेका छन् । यस्तै, नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडाको नतिजा पनि सार्वजनिक भैसकेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको १ नम्बर वडामा नेकपा एमालेले विजयी हात पारेका छ भने २ मा नेपाली काँग्रेस, ३ मा नेकपा माओवादी केन्द्र , ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी , ६ मा नेकपा एमाले, ७ मा माओवादी केन्द्र, ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी , ९ मा एमाले, २० मा एमाले , २१ मा माओवादी केन्द्र, २२ मा काँग्रेस, र २३ मा संघिय समाजवादी फोरम विजयी भएका छन् ।
आइतवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा एमालेका कृष्ण कार्कीको टिम नै विजयी भएको छ । कार्कीको टिम विजयी भएपछि कार्कीका समर्थकहरुले विजयी जुलुस निकालेका छन् । बाजागाजा सहित निकालेको विजयी जुलुस भेरी प्राविधिक कार्यालयको अगाडीबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गरि मनिकापुर पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *