हमासका उच्च अधिकारी गोली लागी गम्भीर घाइते

गाजा सिटी, प्यालेष्टाइन प्रशासित क्षेत्र, पुस २६ । इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उनकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् ।

हमासका प्रवक्ता फाउजी बारहोमले भने, “हमासको सर्वोच्च राजनैतिक निकायका पूर्व सदस्य इमाद अल–अलामीलाई घरभित्र आफ्नो व्यक्तिगत हतियार खोजीरहेको समयमा गोली लागेको र उहाँको गम्भीर अवस्थामा गाजास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।”

अल अलामीको घटनाका बिषय बृहत् रूपमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =