चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शर्माको पुनर्वहाली

काठमाडौं, पुस २३ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. शशी शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा पुनर्वहाली भएका छन् । सर्वोच्च अदालतले आइतबार शर्मालाई बर्खास्त गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो ।

शर्मालाई त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले २०७० पुस २६ गते नियुक्त गरेको थियो। उनको चारवर्षे कार्यकाल आगामी बुधवार सकिँदैछ।

 

वरिष्ठलाई पाखा लगाई कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा. गोविन्द केसीले अनसन शुरु गरेपछि त्रिभुवन विश्वविद्यालयले शर्मालाई बर्खास्त गरेको थियो।

आफूलाई विना कारण बर्खास्त गरिएको भन्दै डा. शर्माले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =