बिपीका डाक्टरद्धारा थाईराइडका बिरामी तामाङलाई सहयोग

“
सुनसरी, पुस २० । समाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य क्षेत्रमा काम गर्दे आएका एम बी बी एस डाक्टरहरुको समुहले बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एक बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।
सुनसरी तरहरा २० निवासी १७ वर्षिय लक्ष्मण तामाङलाई बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत्त डाक्टरहरुको समुहले बिहिबार सो सहयोग गरेका हुन् ।
कलिलै उमेरमा मधुमेह टाईप १ तथा हाईपो थाईराईडको कमी भई थला परेका तामाङलाई डा. नबिन भट्टको पहलमा संकलन गरेको नगद ५ हजार बि पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बाल रोग बिशेषज्ञ डा. अरुण कुमार सिंहले हस्तान्तरण गरे ।
गरीबी तथा आर्थिक अवस्था समेत कमजोर रहेका उनको परिबारलाई उपचार पछि औषधी किन्नका लागी तामाङका आन्टी शान्ती तामाङलाई सो रकम प्रदान गरिएको डा. सिंहले बताए ।
तामाङ जन्मजात बोल्न नसक्ने रहेको छ भने उनका एक भाई र एक बहिनी रहेका छन । तामाङ गत सोमबार धरान स्थित बिपी कोईराला स्बास्थ्य बिज्ञान प्रतिष्ठानको बच्चा वार्डको बेड नम्बर १६ मा भर्ना भएका थिए ।
“








