विद्यार्थी र प्रहरीबीच झडप
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २० । पेट्रोलियम पदार्थमा भाउ बढाएको भन्दै आन्दोलनमा उत्रिएका नेकपा एमाले र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
बढेको मूल्य तत्काल फिर्ता गर्न माग गर्दै आज नेपाल आयल निगमका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउन काठमाडौंको बबरमहल पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
कार्यालयभित्र प्रवेशमा प्रहरीले रोकेपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप भएको थियो विद्यार्थीले केहीबेर नाराबाजी गरेपछि भने उनीहरुलाई प्रवेश दिइएको थियो । निगमका महाप्रबन्धक सुशील भट्टराईलाई भेटेर अनेरास्ववियु, अखिल क्रान्तिकारी, युवा संघ र वाइसीएल नेपालले ज्ञापन बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक भट्टराईले अन्तर्रा्ष्ट्रिय मूल्यका आधारमा स्वचालित मूल्य निर्धारण प्रणाली अपनाइएकाले सोहीअनुसार भाउ बढेको जवाफ दिएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








