गोल्डेनगेट भेट्रान बास्केटबल च्याम्पियनसिप भोलिबाट

२०७४ जेठ १५ गते

“
पुस १८, काठमाडौँ । गोल्डेनगेट भेट्रान बास्केटबल च्याम्पियनसिप (भोलि) बुधवारबाट सुरु हुने भएको छ । गोल्डेनगेट कलेजको आयोजनामा हुने च्याम्पियनसिप प्रतियोगिता शनिवारसम्म हुनेछ ।
प्रतियोगितामा खेलाडीको उमेर ३५ वर्षसम्मको तोकिएको छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । च्याम्पियनसिपको विजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार तथा तेस्रो हुनेले १० हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । च्याम्पियनसिपको ‘मोष्ट भ्यालुएबल’ खेलाडीले हङकङ–काठमाडौँको आउने जाने टिकट पाउने छ ।
फिभाको नियमअनुसार हुने च्याम्पियनसिपको सबै खेलहरू बत्तिसपुतलीस्थित गोल्डेन गेट कलेजको कोर्टमा हुनेछ। कूल ५ लाख रुपैंयाको लागितका च्याम्पियनसिप सञ्चालन हुने आयोजकले अनुमान गरेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित