सराङकोटमा दुई मजदुरको रहस्यमय मृत्यु : प्रहरीद्धारा ११ जना पक्राउ

पोखरा, पुस १७ । पर्यटकीय स्थल सराङकोटमा निर्माणधीन एक होटलमा दुई जना मजदुर मृत फेला परेपछि हत्या भएको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

मृतक दुवै जना माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका मजदूर भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले ११ जनालाई गिरफ्तार गरी आवस्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

आइतबार सराङकोटको निर्माधिन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलमा दुई जना मजदुर मृत भेटिएका थिए भने एकजना गम्भिर घाईते अवस्थामा थिए ।

आइतबार अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरु काममा नआएपछि खोजी गरेका थिए। खोजीको क्रममा उनीहरु बस्दै आएको कोठामा पुगेर हेर्दा २ जनालाई मृत र १ जना घाइते अवस्थामा भेटाएका थिए । उनीहरुको पुरै परिचय भने खुलेको छैन ।

घाइते मजदुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकीत्सकहरुले बताएका छन्। मृतक र घाइते तीनैजनाको शरीरमा चोटपटक लागेको देखिएको प्रहरीले जानकारी दिएको छ । शरीर भरी चोट देखिएकाले उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर, घटना कसरी भयो र के कारण घट्ना घट्यो भन्ने वारेमा प्रहरीले थप अनुसन्धान गरिएरहेको जनाएको छ।

प्रहरीले मृतक तथा घाइतेका साथी, काम लगाउने व्यक्ति र स्थानीयसँग सोधपुछ गरी अनुसन्धान अगाडि बढाएको छ।
४ जना युवाहरु एउटै कोठामा सुतेको थिए। त्यसमध्ये २ जना मृत र एक जना घाइते अवस्थामा फेलापरेका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । वेपत्ता मजदुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *