सुनसरी धरानको सर्दु खोलामा पुल निर्माणको कार्य सुरु


“
भरतराज शर्मा(गोपाल )
पुस १४, सुनसरी। लामो समयको प्रयास पछि धरान १७ रेल्बे स्थीत रहेको सर्दुखोलामा २५० मिटर लामो र ११ मिटर चौडाईको पक्की पुल निर्माण शुरु भएको छ।
यस्तै ठकुरी खोलामा २५ मिटरको पुल समेत बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल निर्माणको कार्य सुरु भएको छ ।
स्थानिय तहको निर्वाचन लगतै आफनो प्रतिबद्धता कार्यन्वयन गर्न वडा अध्यक्ष सुर्य बहादुर भटराई (मनोज)ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुल निर्माण गर्न ज्ञापन पत्र बुझाएका थिए ।
यस लगतै मन्त्रालयले पुल निर्माणको लागी प्रक्रिया अगाडी बढाएको थियो । स्थानिय जनप्रतिनीधीको आग्रह पछि ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान भित्रको पुल पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेका कारण तत्काल काम शुरु गरिएको सो कन्ट्रक्सनले जनाएको छ ।
एता १७ न.वडाका अध्यक्ष भटराईले शुक्रबार स्थलगत निरिक्षण गरी बर्खा अघि नै पुल निर्माण सक्न निर्देशन दिनु भएको छ ।
उहाले पुल निर्माण कार्य थालनीसंगै धरानवासीको लागी खुसीको समेत भएको निर्माण कार्यमा आवश्यक पर्ने सम्पुर्ण सहयोग आफनो तर्फबाट गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यसअधि कयौ बर्षदेखी सो खोलामा पुल निर्माण नहुदा बर्खा याममा सर्बसाधारणले सास्ती खेल्दै आएका थिए ।
“
