रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पाँचतारे होटल बनाउने !

रुसको स्पेस एजेन्सी रोसकसमसले पृथ्वीभन्दा ६४४ किलोमिटरमाथि रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेसन ‘सोयुज’मा पाँचतारे होटल खोल्ने तयारी गरेको छ ।

रुसको स्पेस एजेन्सी ‘रोसकसमस’ले ‘आरकेके एनर्जिया’ कम्पनिसँग मिलेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन ‘सोयुज’मा अन्तरिक्ष पर्यटकको लागि पाँचतारे होटल बनाउने तयारी गरेको हो ।

डेलिमेल अनलाइन‘का अनुसार रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा निर्माण गर्न लागेको पाँचतारे होटलको ‘लक्जरी ओर्बिटल सुइट’मा चारओटा नीजि क्याबिन रहने छ । दुई क्युबिक मीटर क्षेत्रफलको उक्त क्याबिनमा १६ इन्चको झ्यालसँग एक ‘लाउन्ज एरिया’को समेत निर्माण हुनेछ ।

उक्त होटलको निर्माणको लागि आवश्यक पर्ने मेसिन (मोडुल) सन् २०२२ सम्म निर्माण भैसक्ने ‘आरकेके एनर्जिया कम्पनि’ले बताएको छ । पहिलोपटक सार्वजनिक गरिएको होटलको बनावटमा २० टन वजन भएको १५.५ मीटर लामो मोडुलमा होटलको क्षेत्रफल २२ क्यूबिक मीटर हुने बताइएको छ ।

दुईओटा हाइजिन, एक मेडिकल स्टेसन, व्यायम उपकरण र इन्टरनेटसहितको होटलमा बस्ने अन्तरिक्ष पर्यटकलाई अन्तरिक्षमा हिंड्ने सुविधासमेत दिइने बताइएको छ ।

पृथ्वीबाट ४०० माइल (६४४ किलोमिटर)माथि अन्तरिक्ष स्टेसनमा निर्माण हुने उक्त होटलको लागत करिब २८० देखि ४५० मिलियन अमेरिकी डलर लाग्ने डेलिमेलले उल्लेख गरेको छ । निर्माण खर्च भने सरकारी तथा नीजि कम्पनिको संयुक्त हुने बताइएको छ ।

मीरर यूके‘का अनुसार उक्त होटलमा एकहप्ता बस्ने एकजना पर्यटकका लागि ४० मिलियन अमेरिकी डलर शुल्क लाग्नेछ भने एक महिना बस्नको लागि २० मिलियन अमेरिकी डलर थप शुल्क लाग्नेछ ।

यसअघि सन् २००१ मे ६ मा पहिलोपटक अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षको भ्रमण गरी अन्तरिक्ष पर्यटक डेनिस टिटाले रुसको काजाखस्तानमा अवतरण गरेका थिए ।

अमेरिकी स्पेस एजेन्सी नासाले नीजी कम्पनि ‘स्पेस एक्स’सँग मिलेर सन् २०११ मै अन्तरिक्ष पर्यटकको लागि ‘ओर्बिटल ट्याक्सि’ बनाउने घोषणा गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *