राष्ट्रिय सभा – इच्छुक दललाई दल दर्ताका लागि आह्वान

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस १४ । राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किए पनि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि १५ दिनको समय दिएको छ ।
स्रोतका अनुसार आयोगले राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम दिन नसकिने स्पष्ट सन्देश दिन दल दर्ताको आह्वान गरेको हो ।
सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तोकेपछि आयोगले त्यसैअनुसार निर्वाचन कार्यक्रम बनाउने हो । तर अबको १५ दिन दल दर्ताकै समय रहेकाले राष्ट्रपतिबाट आजभोलिमै अध्यादेश जारी भए पनि राष्ट्रिय सभा निर्वाचन भने माघ नलागी हुन सक्दैन ।, आजको कान्तिपुरमा यो खबर छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित