निर्वाचनबाट गाउँपालिकाको नाम परिवर्तन, दिप्रुङको नाम दिप्रुङ चुइचुम्मा

खोटाङ, पुस १३ । दिप्रुङ गाउँपालिकाको नाम दिप्रुङ चुइचुम्मा हुने भएको छ । केन्द्र र नामको विषयमा भएको विवाद निर्वाचनमार्फत टुङ्ग्याइएको छ । गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका–५ तृतीया भञ्ज्याङमा राख्ने वा सोही वडाकै याङ्शोलाटार राख्ने भन्ने विषयमा विवाद चुलिएपछि निर्वाचनमार्फत आज केन्द्र र नाम टुङ्ग्याइएको हो ।

निर्वाचनले गाउँपालिकाको केन्द्र याङ्शोलाटार राख्ने टुङ्गो लगाएको जनाइएको छ । तृतीया भञ्ज्याङ केन्द्र बनाउने पक्षमा १७ र याङ्शोलाटार केन्द्र बनाइनुपर्ने पक्षमा १८ मत खसेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

निर्वाचनमा ३६ मध्ये ३५ जनाले भाग लिएका थिए । यसअघि साकेला, खोटेहाङ र लामीडाँडा गाउँपालिकाको केन्द्र पनि मतदानमार्फत टुङ्ग्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *