विद्यार्थी द्वारा पूर्वाञ्चल क्याम्पसमा तालाबन्दी

भरतराज शर्मा(गोपाल) 

पुस १३, धरान । सुनसरीको धरानस्थित पूर्वाञ्चल ईन्जीनिरिङ क्याम्ससमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
आर्किटेक्चर तेस्रो वर्ष र कृषि इन्जिनियरिङ्ग चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले आफना माग सम्बोधन नगरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन ।

कृषि इन्जिनियरिङ्ग विभागमा अध्ययनरत पदमरन्जन चौधरीले ०७० ब्याच हाल अध्ययनरत चौथो वर्षले दोस्रो खण्डको दुईपटक भर्ना शुल्क तिरेको र विगत १ वर्षदेखि प्रशासनले दिएको झुटो आश्वासनप्रति स्व.वि.यु ले समेत चासो नदेखाएको भन्दै पुस ११ गतेदेखि अनिश्चितकालका लागि क्याम्पस प्रमुखको कार्यकक्ष र स्व.वि.युको कार्यलयमा तालाबन्दी गरेको उनले बताए ।

गत पुस ९ गते क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले लिखित रूपमा आफ्नो माग पत्र क्याम्पस प्रमुख जितेन्द्र चौधरीलाई सामूहिक रूपमा हस्तान्तरण गरेको र चौधरीले पुस ११ गते १० बजेकालागी विद्यार्थीहरूलाई छलफलकालागी बोलाएको र दिनको १ बजे विना निष्कर्ष छलफल टुंगिएको विद्यार्थीहरूले बताए ।

सो विषयमा क्याम्पस प्रमुख चौधरीले डिन र त्रिभुवन विश्व विद्यालय सँग छलफल भइरहेको जानकारी दिए ।

यता आर्किटेक्चर तेस्रो वर्षको पहिलो खण्डमा अध्ययनरत विद्यार्थीहरूको अध्ययन अध्यापनका विषयमा देखापरेका समस्याहरुलाई क्याम्पस प्रशासन र आर्किटेक्चर विभागमा समेत जानकारी गराउँदा वेवस्ता गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको आर्किटेक्चर विभागमा अध्ययनरत विद्यार्थी सरोज दाहालले बताए ।

आर्किटेक्चरका विद्यार्थीहरूले शिक्षक, स्टुडियो हल, स्टुडियो हलमा चाहिने सरसामाग्री, स्टुडियो हल व्यवस्थापन, व्यवस्थित शिक्षक तालिका, छात्रा शौचालय थेउरि क्लासरुमको माग गर्दै आर्किटेक्चर विभागमा अध्ययनरत ४८ जना विद्यार्थीहरूले समुहिक रूपमा तालाबन्दी गरेको दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *