समानुपातिक सांसद टुंगाउन दलहरुलाई चटारो

काठमाडौं, पुस १३ । प्रदेश सभातर्फ समानुपातिक सांसदको सूची भोलिसम्म बुझाउनुपर्ने भएपछि यसको टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

निर्वाचन आयोगले पुस ७ गते दलहरूलाई सूची पेश गर्न एक साताको समय दिएको थियो । भोली कार्यालय समय भित्र दलहरुले प्रदेश सभाको समुनपातिकतर्फको सूची आयोगलाई बुझाइ सक्नु पर्ने भएकाले दलहरु यसको टुंगो लगाउन छलफलमा जुटेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपालले आज समानुपातिकतर्फको टुंगो लगाउन बैठक डाकेका छन् ।

समानुपातिकतर्फ १३ दलले प्रदेश सभातर्फका २ सय २० सांसद पठाउनुपर्ने छ। सबैभन्दा धेरै एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ जनाको सांसद पठाउने छन् । त्यस्तै संघीय समाजवादी फोरमले १३, राजपा नेपालले १२, राप्रपा र विवेकशिल साझाले तीन तीन जनाको नाम निर्वाचितको रुपमा आयोगमा पठाउनुपर्नेछ ।

राष्ट्रिय जनमोर्चाले २ र अन्य पाँच दलले एक एक सिट जितेका छन । यता, विवेकशील साझा पार्टीले तीन नम्बर प्रदेशमा समानुपातीकतर्फ रमेश पौडेल, विराजभक्त श्रेष्ठ र शोभा शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *