११ औं हिसान स्पोर्टस मिटको च्याम्पियन न्यू ग्यालेक्सी

पोखरा, पुस १२ । पोखरामा सञ्चालन भईरहेको ११ औं स्पोर्टस मिट २०७४ को उपाधी न्यू ग्यालेक्सी मावि नदीपुरले जितेको छ। छात्र–छात्रा भलिबल, बास्केटबल र टेनिसका खेलहरुमा न्यू ग्यालेक्सीले उच्च अंक बटुल्दै च्याम्पियन बनेको हो ।

छात्र बास्केटबलमा पोखरा माविले फाइनलमा न्यू ग्यालेक्सीलाई ५६–४६ को स्कोरमा पराजित गर्यो भने प्रतिभा माविले तेश्रो स्थान प्राप्त गरेको छ । छात्रा बास्केटबलमा माउन्ट अन्नपुर्ण माबीले फाइनलमा ग्लोबल कलेजियटलाई ३०–१७ अंकले पाखा लगाएको छ। त्यसैगरी तेश्रो स्थानका लागि भएको खेलमा न्यू ग्यालेक्सीले सगरमाथा माविलाई ४३–११ अंकले हराएको छ।

छात्र बास्केटबलमा डेभिड पुन सर्वोत्कृष्ट खेलाडी घोषित भए भने समग्र खेलमा न्यू ग्यालेक्सीका जोन रानाले सर्वा्धिक अंक ल्याएका थिए। छात्रा तर्फ भने माउन्ट अन्नपूर्णकी कृष्णा पुन वेष्ट प्लेयर घोषित भइन भने सोही विद्यालयकी बिनिता पुन वेष्ट स्कोरर बन्न सफल भईन्।

बिजेता टिम तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य रबिन्द्र अधिकारी, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, प्याब्सन प्रदेश नं ४ का संयोजक माधबशरण उपाध्याय, उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ, प्रतियोगिताका संयोजक रमाकान्त बराल, एन प्याब्सानका कास्कीका अध्यक्ष राम बहादुर मोची लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

पोखरा रंगशालामा पुष ८ गते बाट जारी ११ औ हिसान स्पोर्टस मिटमा हिसान कास्कीमा आवद्ध कास्कीका ६० विद्यालयहरुमा अध्ययनरत मध्ये २ हजार ५ सय विद्यार्थीहरु छात्र/छात्रा भलिवल, छात्र/छात्रा बास्केटबल र टेबुल टेनिस छात्रर छात्रा सिंगल्स, छात्र/छात्रा मिक्स डबल्सका खेलहरुमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *