धितोपत्र निष्कासन तथा बांडफांट निर्देशिका २०७४” बमोजिम बांडफांड : सानिमा म्युचुअल फन्ड

योजना ब्यबस्थापक सानिमा क्यापिटल लिमिटेडद्धारा सञ्चालन हुने सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्से बन्दमुखी योजना सानिमा इक्विटि फन्डको प्रति इकाई रु.१० दरको १२,००,००,००० इकाई मिति २०७४।०८।१२ गतेदेखि २०७४।०८।२२ गतेसम्म सर्वसाधारणमा दरखास्त आह्वान गरिएकोमा माग गरेभन्दा बढी इकाईको लागी आवेदन पर्न आएकोले सामूहिक लगानी कोष नियमावली २०६७ बमोजिम कुल माग गरेको इकाइ सङ्ख्यामध्ये २५ प्रतिशत सम्म बढाउन पाउने व्यवस्था रहे अनुसार कुल निष्काशित इकाइ १२,००,००,००० मा १,००,००,००० इकाई थप गरी जम्मा १३,००,००,००० इकाई कायम गरी बीज पुँजी २,०२,९२,६८० इकाई कायम गरी बाँकी रहेको१०,९७,०७,३२० इकाई रितपुर्वक आवेदन दिने २११३५ जना सर्वसाधारणलाई माग गरे बमोजिम शत प्रतिशत इकाई “धितोपत्र निष्कासन तथा बांडफांट निर्देशिका २०७४” बमोजिम बांडफांड गरियोे।

सानिमा इक्विटि फन्ड सम्बन्धी विस्तृत जानकारी लागी सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क राखी वा सानिमा क्यापिटल लिमिटेडको वेभसाइट बाट प्राप्त गर्न सकिनेछ ।
यस सम्बन्धी थप जानकारीका लागी सानिमा क्यापिटल लिमिटेडका मर्चेण्ट बैंकिङ्ग प्रमुख रश्मी रिजाल ४४२८९५६/५७/५८ Ext.:112 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *