ग्यास उधोगमा आगलागीपछि त्रसित स्थानीयले आन्दोलन थाले

वीरगंज पवुस १२ । वीरगंजमा भएको ग्यास उद्योगको आगलागीपछि त्रसित बनेका बारा र पर्साका स्थानीयले उधोग बस्तीबाट टाढा सार्न माग गरेका छन् । ग्यास उद्योग वरपर भएका स्थानीयहरु मापदण्ड विपरित सञ्चालित ग्यास उद्योग बस्तीबाट टाढा सार्न माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

पर्सा, बाराका बासिन्दा बस्तीको बीचमा मापदण्ड विपरित सञ्चालित ग्यास उद्योगहरुलाई ठाँउ सारी गर्न वा बन्द गर्न दवाव शुरु गरेका हुन् । पर्साका सुपर ग्यास, लिपनीविर्ताको मनोज ग्यास, बारा बहुअरीको बारा लियो ग्यास, जीतपुरको अम्बर ग्यास, सिमराको नेपाल ग्यास, परसौनीको जगदम्बा ग्यास, पिलुवाको एनएल ग्यासलगायत वरपरका बासिन्दा त्रसित बन्दै आन्दोलित भएका हुन् ।

बारा बहुअरीका अजय पटेलको नेतृत्वमा स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन्।परसौनीमा विनोदप्रसाद जैसवालको सक्रियातामा ग्यास उद्योग सार्न एवम बन्द गर्न परसौनी गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

‘बारा लियो ग्यास बस्तीबाट ५०० मिटर टाढा रहेकोले यसलाई हटाउन गाउँ भेला गरी उद्योग सार्न निर्णय गरेका छौ, आन्दोलनकर्ता अगुवा अजय पटेल भन्छन् । सुपर ग्यासको घटनाले जसरी बारा पर्सालाई चिन्तित र त्रसित बनाएको छ, त्यसरी यो उद्योगबाट कुनै दिन जनता त्रसित नबनुन् भनेर आन्दोलन थालिएको पटेलले बताए ।

ठूलो धनजनको क्षतिबाट बच्न ग्यास उद्योग बस्ती क्षेत्रबाट टाढा सार्नुपर्ने परसौनी गाउँपालिकाका विनोद जैसवाल तर्क गर्छन् । सरकारी निकायको लापरवाहीको कारण बस्तीको बीचमा खतरनाक उद्योग सञ्चालनको स्वीकृति दिएको उनको आरोप छ।

स्थानीय बासिन्दाले ग्यास उद्योग बस्ती क्षेत्रबाट कम्तिमा ५ किलो मिटर पर सार्नुपर्ने माग गरेका छन् । पर्सा बाराको हरेक ग्यास उद्योगको सञ्चालनमा प्रश्न उठन थालेको छ। यस विषयमा सरकारले चुप लागेर खतरनाक उद्योग सञ्चालन गराई रहयो भने कडा आन्दोलनमा उत्रिने स्थानीय बासिन्दाहरुले चेतावनी दिएका छन् ।

गत बुधवार वीरगज–१८ भवानीपुरको सुपर ग्यास उद्योगमा भिषण आगलागी हुँदा ३ जनाको ज्यान गएको थियो। घटनामा करोडौको क्षति भएको थियो। यो घटनापछि ग्यास उद्योग वरपरका नागरिक त्रसित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *