पोखरा सडक महोत्सवको तयारी पुरा

पोखरा, ११ पुस । ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको १९ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । पर्यटकीय सुन्दर नगरी पोखरामा यही पुष १३ देखि सञ्चालन हुने सडक महोत्सवको तयारी पुरा भएको रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराले मंगलवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

महोत्समा ७ वटै प्रदेश र विभिन्न ४ वटा देशका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। पर्यटकीय नगरी पोखराको फेवा तालको किनारामा रहेको कोमागाने पार्क सहित लेकसाईडमा आयोजना हुने महोत्सवमा दैनिक १ लाख पर्यटक भित्राउने तयारी भएको रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक चौ वहादुर गुरुङ्गले बताए। ‘महोत्सवमा पोखरा सहित पोखरा आसपास र देशका विभिन्न क्षेत्रबाट लाखौं पर्यटक भित्रीने छन’ उनले भने। ‘देशबाटमात्र नभएर विभिन्न मुलुकबाट समेत पाँच दिनमा करिब ५ लाख पर्यटकहरु भित्राउने योजना छौ।’

प्रत्येक बर्ष महोत्सव आयोजना गर्दै आएको रेवानले महोत्सवको आयोजना गरेका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको अध्यक्ष गुरुङले दावी गरे ।

महोत्सवमा छिमेकी राष्ट्र भारतीय, चिनिया, जापानिज, कोरियन सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहने रेवान पोखराका द्धितिय उपाध्यक्ष एवं महोत्सव प्रचारप्रसार संयोजक लक्ष्मण बरालले बताए ।‘महोत्सवमा हस्तकलाका समानको प्रदर्शनी, साहासिक खेल गतिविधिको बृतचित्र प्रर्दशनी, वाल उद्यान समेत राखिएको छ ’उनले भने।‘देशका सातै प्रदेशको फरकफरक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने छ ।’

बरालका अनुसार प्रदेश एक झापाबाट सतार जातीको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने प्रदेश दुईबाट जनकपुरको मैथली, प्रदेश नम्वर ३ को काठमाण्डौंबाट नेवारी, प्रदेश ४ को कास्कीबाट गुरुङे, प्रदेश ५ को बर्दियाबाट थारु जतिको, प्रदेश ६ बाट हुम्लाको हुम्लेली र प्रदेश ७ को डडेलधुराबाट देउडा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ।

कोमागाने पार्कमा मुख्य स्टेज सहित रातिको पप कन्र्सटको आयोजना हुने भएको छ । त्यसैगरी पोखराको लेकसाईडको फिस्टेल गेट देखि डिहिकोपाटन सम्म करिब ३ किलोमिटर क्षेत्रमा महोत्सवको आयोजना हुनेछ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा वु्रअरी प्रालि रहेको छ भने नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहेको छ। आयोजकले महोत्सव आयोजना हुने स्थानलाई ध्वजा पोतकाले सिंगारेर दुलही जस्तो तुल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *