एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि दुई खेल 

काठमाडौं, पुस ११ । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा भैरहवा र चितवन भिड्नेछन् भने दोस्रो खेलमा ललितपुर र पोखरा आमने–सामने हुनेछन् । आजको खेलहरुपछि इपीएल क्रिकेटमा लिग चरणका खेलहरु सकिनेछन् भने प्ले अफ् र क्वालिफायरमा पुग्ने चार टोलीको टुंगो लाग्नेछ ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले ईपिएल क्रिकेटको क्वालीफायरमा स्थान पक्का गरेको छ । हिजो भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले हराउँदै विराटनगरले फाईनल प्रवेशका लागि हुने क्वालीफायरमा स्थान सुरक्षित गरेको हो । हिजै भएको अर्को खेलमा पोखरा राइनोजलाई ७ विकेटले हराँउदै भैरहवा ग्लाडिएटर्सले पनि प्ले अफमा स्थान बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *