म्यादी प्रहरीको सुविधा कटौती गरिएको छैन : प्रहरी


“
पुस ९, काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरीले पाउने सेवा, सुविधामा कटौति नगरिएको दावी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले म्यादी प्रहरीले पाउने सेवा, सुविधामा कटौति नभएको प्रष्ट पारेका हुन् ।
उनले आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले तोकि दिएको सेवा, सुविधा दिएर म्यादी प्रहरीलाई विदा गरिएको बताए । उनले स्थानीय दर, भाउ र रेट अनुसार म्यादी प्रहरीले रासन भत्ता बापतको रकम भने घटीबढि पाउने गरेको पनि स्पष्ट पारे ।
सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रयोजनका लागि ९८ हजार २ सय ६८ जना म्याद प्रहरी भर्ना गरेको थियो । सोही म्यादी प्रहरीले पाउने सेवा र सुविधा फरक परेको भन्ने गुनासो आएपछि नेपाल प्रहरीका प्रवक्ता नेउपानेले राशन भत्ता भने ठाउँ अनुसार फरक पर्न गएको प्रष्टयाएका हुन् ।
प्रवक्ता न्यौपानेले नेपाल सरकारले स्थानीय ठाउँ अनुसार एकै जिल्लामा पनि ठाउँ अनुसार राशन भत्ता भने भने फरक फरक तय गरेको पनि स्मरण गराए । सरकारले म्यादी प्रहरीहरुलाई नेपाल प्रहरीको सिपाई सो सरहको सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार म्यादी प्रहरीले पनि सेवा र सुविधा पाएको नेपाल प्रहरीको स्पष्टिकरण छ ।
“
