हाजिरी जवाफ तथा शैक्षिक सामाग्री वितरण

पुस ९, परासी । नवलपरासीमा जिल्ला स्तरीय लिखित हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । स्थानीय बाल क्लवको आयोजनामा सम्पन्न प्रतियोगिता पाल्हिनन्दन गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष सुरज गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख का नव निर्वाचित प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला भरी २२ बिद्यालयका १८७ जना बालबालिकाको सहभागीता रहेको थियो ।

‘रास्ट्र निमार्णका लागि सँगसंगै पाइला चालौं’ भन्ने मुला नाराका साथ अति विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री बितरणका लागी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

पाल्हिनन्दन गाउपालिका वार्ड नम्बर २ मा अवस्थित सिद्धार्थ मा.वि. कुस्मामा भएको कार्यक्रममा प्रा.वि.का १७ जना, नि.मा.वि. का १०६ जना तथा मा.वि. तहका ६४ जना बालबालिकाको सहभागीता रहेको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई यही पुस १५ गते समापन समारोहका अवसरका पुरस्कार वितरण गरिने आयोजकले जनाएका छन् ।

उदघाटन समारोहको सन्चालन रन्जीत शर्माले गरेका थिए भने परिक्षा व्यवस्थापन समितिको अध्यक्ष अर्थात केन्द्राध्यक्षको रुपमा जिल्ला बाल समुह सवन्य समितिका भु.पु.अध्यक्ष दाता गिरि रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *