सर्वसाधारणको सहजताको लागी मेयर बुढाथोकीले गरे आफ्नै लगानीबाट प्रतिक्षालयको निमार्ण

बागचौर नगरपालिकाका नगर प्रमुख ‘मेयर’ लोकमान बुढाथोकीले प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण गरेका छन् ।

बिरामी र उनका कुरुवाहरुलाई घाम, पानी छ्ल्ने उचित स्थान नदेखे पछि उक्त समस्या लाई समाधान गर्न प्रतिक्षालय निर्माण गर्नु पर्ने भाव मनमा जागेको र प्रतिक्षालय आफूले निर्माण गरेको बुढाथोकीले बताए ।

नगरप्रमुख बुढाथोकीले शान्ति समिति सल्यान बाट बिस्थापितको रूपमा आफ्नो नाममा आएको २५ हजार र अन्य रकम थप गरेर प्रतिक्षालय निर्माण गरेको उनले बताए ।

प्रतिक्षालय निर्माण गर्न जम्मा ७१ हजार १ सय चौसट्ठी खर्च लागेको छ ।

राजनीति गर्ने प्राय नेताहरूले द्वन्दपीडित र बिस्थापितको नाममा रकम प्राप्त गर्ने गरेको र वास्तविक द्वन्द्वपिडितले भन्दा पहुँचको आधारमा रकम प्राप्त गर्नेहरु बढी देखिएको बुढाथोकीले बताए ।

यस अघि नै नगर प्रमुख बुढाथोकीले सरकार बाट आफूले पाउने तलब, भत्ता समेत सामाजिक कार्यमा लगाउने घोषणा गरिसकेका छन् ।

द्वन्द्वकालमा बुढाथोकीको पसल बाट दुई चोटि गरेर तत्कालीन शाही सेनाले २७ लाख बराबरको सामान लिएको थियो ।

बुढाथोकीको परिवारले सल्यान जिल्लाको खरिबोट बजारमा गल्ला पसल सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *