फिल्ममा फ्लप माेडलिङमा हिटः साेनम कपुर

नायक अनिल कपुरकी छाेरी नायिका साेनम कपुरलार्इ बलिउडकै उत्कृष्ठ फेशन कन्सियस भएकी नायिकाका रूपमा लिइन्छ । मुम्बर्इ नगरीमा हुने रंगिन क्याटवाकमा साेनमले पहिरिने जस्ताे सुकै पहिरनले अन्तराष्ट्रिय रूपमा चर्चा पाउने गरेकाे छ ।

अाफ्ना बुबा नायक अनिल कपुरकाे फेशनबाट प्रभावित साेनमले फेशनकाे दुनियाँमा देखाएकाे उदारता र खुल्लापनका कारण पनि कलानगरीमा उनका कराेडाैं फ्यान रहेका छन् ।

साेनम भारतमा साेसल मिडियामा पूर्व पाेर्न स्टार सन्नी लियाेनी पछि धेरै खाेजी भएकी नायिका हुन् । उनलार्इ इन्ष्टाग्राम, फेसवुक, गुगल, ट्विटर जस्ता साेसल सार्इटमा फलाे गर्नेहरूकाे संख्या कराडाैं छ । उनी चलचित्रमा खासै चल्न नसकेपनि माेडलिङकाे दुनियामा सुपरस्टार नै हुन् ।

सन् २००७ मा साँवरिया चलिचत्रबाट फिल्म नगरीमा पर्दापण गरेकी साेनमका त्यत्ति चलिचत्र हिट नभएपनि नयाँ नयाँ फेशनका कारण उनी सदैव मिडियामा छार्इरहेकी छिन । याे साल बलिउड बेबाे गर्ल करिना कपुरसँग साेनमकाे  विर दि वेडिङ अाउँदैछ । भने, नायक अक्षय कुमारसँग पाेडमन र फरहान अख्तरसँग ब्याटल अफ वटाेरा अाउने क्रममा छ । यी मध्ये अक्षयसँगकाे पाेडमन र फरहानसँगकाे ब्याटल अपफ वटाेराबाट  साेनमकाे करियर उकालाे चढ्ने हाे की अाेरालाे अनुमान गर्न सकिने बलिउड हस्तिहरूकाे भनार्इ छ ।

उनले खेलेका दिल्ली ६, अाइ हेट लव स्टाेरी, अाइसा, थ्याङक्यू,माैसम, प्लेयर्स, राँझना, भाग मिल्खा भाग, वेवकुफियाँ, खुवसुरत, डाेली की डाेल्ही, प्रेमरतन धन पायाे, निँरजा जस्ता चलचित्रमा खेलेपनि उकाध वाहेक अन्य फिल्म चल्न सकेनन् । तथापि, बलिउडकाे फेशन नगरीमा उनी अहिलेसम्म चलिरहेकी छिन् ।

तस्वीरः एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *