याङ्ही लीलाई म्यानमार प्रवेशमा रोक

पुस ६, काठमाडौं । म्यानमारले संयुक्त राष्ट्र संघका विशेष दूतलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ ।
रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको भनिएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा म्यानमार जाने तयारीमा रहेकी राष्ट्र संघकी विशेष दूत याङ्ही ली लाई प्रवेश गर्न रोक लगाइएको हो ।

याङ्हीले म्यानमार सरकारले आफूलाई रखाइन प्रान्तमा जाने अनुमति नदिएको बताएकी छिन् । उनले म्यानमार सरकारले आफ्नो कार्यकालभर सहयोग नगर्नेसमेत जनाएको बताएकी छिन् ।

याङ्हीले यसअघि गत जुलाईमा म्यानमारको भ्रमण गरेकी थिइन् । म्यानमार सरकारले भने याङ्हीले आफ्नो भ्रमणका क्रममा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *