वीरगञ्जको आगो नियन्त्रणमा, २ जनाको मृत्यु, थप विवरण आउन बाँकी

पुस ५, वीरगञ्ज । सुपर ग्यास उद्योगमा भएको भीषण आगलागि नियन्त्रणमा आएको छ । वीरगञ्ज महानगरपालिको पटेलनगरमा रहेको ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा आउन चार घण्टाभन्दा धेरै समय लागेको छ । तर पूर्ण नियन्त्रणमा भने आइसकेको छैन ।

आगलागीमा परि २ जनाको मृत्य भएको थियो भने आगो नियन्त्रणका लागि गएको अग्नीनियन्त्रक बारुण यन्त्रसमेत जलेर नष्ट भएको थियो । क्षतिको थप विवरण आउन बाँकी छ ।

बुधवार बिहान ४ वटा बुलेट ग्यास उद्योग परिसरमा ल्याएर अनलोड गर्ने क्रममा आगलागी भएको बताइएको छ । अनलोड गर्ने क्रममा स्टोरेज ट्यांकरको प्रेसर बल्भबाट ग्याँस लिक हुँदा आगलागी भएको प्रहरी अनुमान छ ।

आगलागीका विषयमा छलफल गर्न एलपिजी ग्यास उद्योग सङ्घको आकस्मिक बैठक बसिरहेको छ । आगलागीको खास कारण पत्ता लगाउन एलपिजी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको अध्यक्षतामा छानबिन समिति गठन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *