एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गर्ने बारे गृहकार्य शुरु

२०७४ जेठ १५ गते

“
काठमाडौं, पस ५ । एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गर्ने बारे गृहकार्य शुरु भएको छ । नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै हुनसक्ने बाम गठबन्धनका कतिपय नेताहरुले बताएका छन् । पार्टी एकता गर्ने कुरामा दुईमत नरहेकाले सरकार गठन र पदिय भागबण्डाको विषय छलफलबाटै टुंग्याउने तयारी भईरहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँले पार्टी एकता र सरकार गठनको प्रक्रिया कस्ले कस्लाई के दिने भन्दा पनि पार्टी एकतामा सामेल हुने सबै नेता र दलहरुको सम्वेदनशिलतालाई ख्याल गरिने बताउनुभयो । उहाँले राष्ट्रियसभा गठनको विषयमा एमाले र माओवादी केन्द्रको बीचमा बैचारिक भिन्नता समेत नरहेको बताउनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित