गजल

कसैले नदेख्नेगरि सुइकुच्चा ठोक्नुछ अब ।
आफ्नै देशको भार यो काधँले बोक्नुछ अब ।।

अन्धालाई चस्मा बेच्नुमा महानता देखिन्न ।
कपालै नहुनेलाई काइँयो बेच्ने हुनुछ अब ।।

तामझाम अनि धेरै तुजुक नदेझैँ गरियो ।
सस्तो भाषण गर्नेको सफाय गर्नुछ अब ।।

अत्याचारका सिमाहरुले सिमा मिचिरह्यो ।
ती सिमानाका बलियो खम्बा बन्नुछ अब ।।

इतिहासलाई वेचेर सरकार नेता पाल्दैछ ।
यस्तै हो भने सरकार फेरि ढाल्नुछ अब ।।

अतीत “”अशोक दवाडी””

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *