पाटी एकता र सरकार गठन संगसंगै – ‘अब कसैले रोकेर पार्टी एकता रोकिँदैन’

काठमाडौ, पुस ४ ।  नेकपा माओवादी केन्द्रले नेकपा एमालेसंग पार्टी एकीकरण र सरकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्ण लिएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रिय कार्यालयको विसतारित बैठकले पार्टी एकीकरण प्रक्रियालाइ प्रथामिकतामा राख्दै सरकार निर्माण प्रत्रिया पनि संगसंगै लैजाने निर्णय गरेको हो ।

बैठकले पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न मातहतका समितिलाई कडा निर्देशनसहित सकुर्लर जारी गर्ने निर्ण गरेको छ ।  साझा चुनवाी घोषणापत्र लिएर निर्वाचनमा गएका कारण सफल्ता प्राप्त भएको र सो परिणामलाई बैठकले पार्टी एकताको जनमत भएको निष्कर्ष निकालेर एमालेसंग एकीकरण प्रक्रियालाई प्राथमिकतामा राखेको प्रवक्ता पम्फा भुसालको भनाई छ ।

जनताले बाम गठबन्धनलाई अनुमोदन गरिसकेका छन् । पाटी एकता र सरकार गठन संगसंगै अघि बढ्न  भुसालले भनिन्, अब कसैले रोकेर पार्टी एकता रोकिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *