एनआईसी एशियाले तीन अर्बको डिवेन्चर निश्काशन गर्ने

पुस ३, काठमाडौं । एन आई सी एशिया बैकले तीन अर्ब रुपैयाँ बराबरको ‘एन आई सी एशिया डिबेन्चर’ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैकलाई रू. १ हजार अंकित दरका ३० लाख कित्ता डिवेन्चर निश्काशन गर्न स्विकृति दिएको छ । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

रू. ३ अर्बको ऋणपत्रको ८० प्रतिशत (अर्थात रू. २ अर्ब ४० करोड) व्यक्तिगत तवर (Private Placement) मार्फत् र २० प्रतिशत (रू. ६० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि माफर््त निष्काशन गरिनेछ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरीने ऋणपत्रको अवधि ७ वर्ष हुने र यही पुस ४ गते देखि पुस १२ गतेसम्म ७ दिनको सुचना दिई पुस १३ देखि १७ गतेसम्म ऋणपत्रको बिक्री खुल्ला गरिने छ ।

“”सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले “”[ICRANP] LA – “”  (LA माइनस) रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, यस बैकलाई इक्रा नेपाल लिमिटेडले “”[ICRANP-IR] A- “”  (A dfOg;) (ICRA NP Issuer Rating A Minus) रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड(NEPSE) मा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको म्भदतDebt Market को विकासको लागि एक महत्वपूर्ण Milestone हुने हामीले विश्वास लिएका छौं””- बैंकले भनेकाे छ ।

हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा  अपिल गरेको एनआईसी एशियाका सूचना अधिकारी रोशन कुमार न्यौपानेले बताए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरहरुबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आईरहेको छ । बैकंले ११७ अर्ब निक्षेप संकलन गरि ९८ अर्ब कर्जा प्रवाह गरीसकेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *