समानुपातिकमा एमालेबाट पुरुषलाई ३, माओवादीबाट २ सिट

पुस ३, काठमाडौं । सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढीमा ३ जना मात्रै पुरुष सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ८० सिट जितेको एमालेबाट दुईजना मात्रै माहिलाले जितेका छन् ।

समानुपातिकतर्फ एमाले ४१ पाउने अवस्था छ । कम्तिमा ३३ प्रतिशत महिलालाई अनिवार्य प्रतिनिधि सभामा पठाउनुपर्ने संसदीय व्यवस्था अनुसार एमालेबाट समानुपातिकबाट सांसद बन्न पाउने पुरुषकको संख्या थोरै हुने भएको हो ।
एमालेले जितेका जम्मा १२१ सिटको ३३ प्रतिशत ४० हुन आउँछ ।

प्रतिनिधि सभामा एमालेले अनिवार्य ४० जना महिला सांसद बनाउनुपर्छ । २ जनाले प्रत्यक्षमा जितेकाले ३८ जना महिला समानुपातिकबाट सांसद बन्ने छन् ।

यता, दोस्रो ठुलो दल नेपाली कांग्रेसले २१ जना महिलालाई प्रतिनिधि सभामा पठाउनुपर्छ । कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्रै जितेको छ । तर समानुपातिक मत धेरै आएकाले त्यसका आधारमा ४० सिट पाउने सम्भावना छ । कुल ६३ जना प्रतिनिधि सभा सदस्यमध्ये १९ पुरुषलाई कांग्रेसले समानुपातिकबाट पठाउने सक्नेछ । कांग्रेसबाट एकजना महिलाले पनि प्रत्यक्षबाट जित्न सकेनन् ।

यसैगरि, तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट कम्तिमा १७ जना महिला सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट जितेको माओवादीबाट प्रत्यक्षमा दुई महिला निर्वाचित भएका छन् । यो अवस्थामा माओवादी केन्द्रले १५ जना महिलालाई समानुपातिकबाट अनिवार्य प्रतिनिधि सभामा पठाउनु पर्ने हुन्छ । १७ सिट समानुपातिकबाट पाउने देखिएको माओवादीका दुई पुरुषले मात्रै समानुपातिकबाट संसदमा प्रवेश पाउने अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *