अनुमति बिना चलाइएका ड्राइभिङ सेन्टरमा सिल

पुस ३, काठमाडौं । सवारी साधन चलाउन सिकाउने उद्धेश्यले खोलिएका अधिकांश ड्राईभिङ सेन्टरहरु अनुमति बिना नै सञ्चालन गरेको पाइएको छ । अबैध रुपमा सञ्चालित पाँचवटा ड्राईभिङ सेन्टरलाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सिल गरिदिएको छ ।

बिना अनुमति सञ्चालन गरेको पाइएपछि विभागले आइतवार काठमाडौंको सानेपामा सञ्चालित युटर्न ड्राइभिङ इन्सटिच्यूट, धोबीघाटको महालक्ष्मी ड्राइभिङग इन्स्टिच्युट र मेगा ड्राइभिङग इन्स्टिच्युट सिल गरेको छ । त्यस्तै, विभागले राधेराधे भक्तपुरको पर्फेक्ट भेहिकल्स स्कुल एण्ड ईईन्टरप्राईजेज र काठमाडौं तीनकुनेको एन्जल मोटर ड्राइभिङग ट्रेनिङग सेन्टरमा पनि सिलबन्दी गरेको छ ।

सम्बन्धित निकायमा दर्ता नगरिएको, सञ्चालन अनुमति नलिएको लगायत भेटिएपछि विभागले त्यस्ता ड्राइभिङ सेन्टरमा सिल गरेको जनाएको छ ।

यस्तै, स्मार्ट भेहिकल प्रिटष्ट सेन्टर प्रालि, इजी ट्रायल सेन्टर प्रालि र ब्लूमुन मोटर ड्राइभिङ सेन्टर प्रालिमा पनि आवश्यक पूर्वाधारको पर्याप्तता नदेखिएपछि विभागले आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *