बिन्दुको ‘लाउनेले नजर लगाए‘ बजारमा (भिडियोसहित)

काठमाडौं, पुस ३ । अहिलेकी चर्चित अनि सबैको प्रिय गायिका बिन्दु परियारको सुमधुर आवाजमा रहेको ‘लाउनेले नजर लगाए‘ गीत बजारमा आएको छ । निकै रुचाईएको ‘लाउनेले नजर लगाए‘ गीतमा संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन् । आशिष अविरलकै संगीत निर्देश्ँनको यो गीतका शब्दहरु एकनारायण भण्डारीले रचना गरेका हुन् । यो गीत गायिका परियारको एकल एल्बम ‘नजर मात्र’ मा समावेश गरिने छ ।

अर्जुन अधिकारीको निर्देश्ँनमा तयार भएको उक्त गीतको नृत्यपरक म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीको अभिनय देख्न पाईन्छ । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका नृत्यकारहरुले आकर्षक नृत्यसहित साथ दिएका छन् । यो भिडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=wnRu5kcVV7s”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =