नुवाकोटमा पलाष्टिकको झोलामा नवजात शिशुको शव फेला 

नुवाकोट, पुस ३ । नुवाकोटमा पलाष्टिकको झोलमा नवजात शिशुको शव फेला परेको छ । नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोलाको किनारमा प्लाष्टिकको झोलामा नवजात शिशु (बालक) को शव फेला परेको हो । प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय बासिन्दाले खोला किनारमा प्लाष्टिकको झोलामा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

शिशु २४ घण्टा अघि जन्मेको र झोलामा पोको पारेर फ्याकिएकाले उसको मृत्यु भएको जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकले जानकारी दिएका छन् । दोषीको खोजी भइरहेको र शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *