नेपाली कांग्रेस र नेकपा माओवादी द्वारा मतदान प्रक्रिया खारेजीको माग

असार १५, अछाम । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र अछामले चौरपाटी गाउँपालिका ४ पायल स्थित बैजनाथ मतदान केन्द्रको मतदान प्रक्रिया खारेजीको माग गरेका छन् । एमाले उपाध्यक्ष भिम रावलको निर्देशन र एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरको प्रत्यक्ष नेतृत्वमा सुरक्षाकर्मी र मतदान अधिकृतको संलग्नतामा अरु पार्टीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा गरिएको मतदान प्रक्रिया खारेजीको माग गरेका हुन् ।
कांग्रेस सचिव नमबहादुर शाही र माओबादी केन्द्रका संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति प्रकाशित गरि आफुहरुको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग गरेका छन् । पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ ।
मतदानका क्रममा प्रेस पासको दुरुपयोग गर्दै एमाले समर्थित पत्रकारले अरुको नाममा पनि मतदान गरेको भन्दै दुई पार्टीका उम्मेदवारले मतदान अधिकृतलाई मतदान स्थगित गर्न बुधबार ११ बजे नै निवेदन दिएका थिए । आफुहरुलाई बिहानै देखि मतदान स्थलबाट लखेटेर एकलौटी रुपमा मतदान सम्पन्न गराएको दुई पार्टीको आरोप छ । पायल एमाले जिल्ला अध्यक्ष एवम् पुर्व सभाषद शेरबहादुर कुवरको गाउँ हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *