बझाङमा मतगणना सुरु : अधिकांशमा एमालेको अग्रता

असार १५, बझाङ । मतदान सकिएपछि जिल्लाका सात वटा गाउँपालिकामा मतगणना सुरु भएको छ । थलारा, मष्टा, तल्कोट, दुर्गाथली, चिरवित्थड, सुर्मा, र काँडा गाउँपालिकामा मतगणना एकसाथ सुरु भएको हो । मतगणनाको पछिल्लो जानकारी अनुसार काँडा गाउँपालिकाको १ मा एमालेका तर्फबाट अध्यक्ष गोपाल बोहरासहित उनको प्यानल विजयी भएको छ भने वडा नं २ मा हरिलाल बोहरासहित उनको प्यानल विजयी भएको छ ।

३ र ४ को मत गणना जारी छ भने ५ वडाको यस अगाडि निर्विरोध एमालेको प्यानल विययी भएको थियो । गाउँपालिका प्रमुख कांग्रेसका राजेन्द्र धामीको अग्रता कायमै छ । थलारा गाउँपालिका १ नम्वर वडाबाट नेकपा माओवादी केन्द्रका धर्मराज भट्टले २ सय २२ मत ल्याएर उनको प्यानल वियय भएका छन् । वडा नं ९ को मतगणना जारी छ।

गाउँपालिका प्रमुखमा एमालेका भुवनेश्वर उपाध्याय अग्रस्थानमा छन् । उपाध्यक्षमा पनि एमालेकी गंगुदेवी अगाडी छन् । दुर्गाथली गाउँपालिकाको ६ नम्बर वडामा माओवादी केन्द्रका अध्यक्ष धिरज जाग्रीको प्यानल विजयी भएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका जनक दौल्याल अग्र स्थानमा छन् । अन्य गाउँपालिकामा मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *