चालकको लापरबाहीले गोमा एयरको विमान दुर्घटना भएको निष्कर्ष

काठमाडौ,मंसिर २९ । प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक दुर्घटना भएको खुलासा भएको छ ।

विमान दुर्घटनापछि गठित छानवीन आयोगले विमान दुर्घटना हुनुमा प्रतिकूल मौसम नै मुख्य कारण भएको प्रतिवेदन तयार पारी शुक्रबार सरकारलाई बुझाएको हो ।

 

सरकारले विमान दुर्घटनाको कारण खोजी गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानान्धरको अध्यक्षतामा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो । समितिका सदस्य सचिव सुरेश आचार्यले मौसममा एक्कासी परिवर्तन हुँदा विमान दुर्घटना हुन गएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिए ।

आयोग टोलीले मौसम छिटो–छिटो परिवर्तन भएको अवस्थामा पाईलटले स्थिति नियन्त्रणमा लिन नसक्नु र समस्या हुँदाहुँदै पनि चालकले जबरजस्ती विमान चलाउँदा दुर्घटना भएको निश्कर्ष निकालेको छ ।

कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले जाँच समितिको प्रतिवेदन बुझ्दै सुरक्षित विमान उडानको बारेमा छलफल गर्ने बताए ।

एक्कासी मौसम प्रतिकूल भईदिँदा अवतरणको संवेदनशील क्षणमा पुगेको विमानलाई दुर्घटना हुनबाट जोगाउन नसकिएको छानवीन प्रतिवेदनमा उल्लेख गरिएको छ । गत जेठ १३ गते शनिवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेको सो विमान तेन्जिङ हिलारी विमानस्थलको धावन मार्गमा नपुग्दै दुर्घटनाग्रस्त हुँदा चालक दलका २ जना पाईलट र कोपाईलटको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *