‘ऊ भन्दा म ठीक छु’मुख्यमन्त्री बन्नेहरु भन्छन्,‘मैले मात्र प्रदेशलाई नमूना बनाउन सक्दछु’

काठमाडौं, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।

मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् । निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उनी अहिले निर्वाचनको नतिजा आइसकेपछि आकांक्षीको रुपमा प्रस्तुत भएका हुन् । मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत देखिएका छन् ।

उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेका छन् । उनीहरु अहिले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा रहेका छन् । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरे । ‘‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उनले भने‘‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’’

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्ने बताए । उनले प्रदेशलाई नमूना बनाउनका लागि आफू नै योग्य भएको दाबी गरे । ‘‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’’ उनले भने–‘‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमूना बनाउन सक्दछु ।’’

प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौँडा तोकिएको छ । काठमाडौँ महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौँको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बता ।

“मसँग विकास निर्माणको दृष्टिकोण रहेको छ । यदि मुख्यमन्त्री पाए प्रदेश नं ३ लाई चाडै नै विकास गर्ने थिए’’ उनले भने। पार्टीले जिम्मेवारी दिए सफलतापूर्वक मुख्यमन्त्रीको भूमिका निभाउने उनको भनाई रहेको छ । प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, काँग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक/एक सिट जितेका छन् ।

प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोटल जिल्ला रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *