एपीसी खरिद प्रकरणमा करोडौं घाटा

काठमाडौं, मंसिर २९ । सशस्त्र प्रहरी बलले साउथ सुडानका लागि खरिद गर्ने भनिएको ९ वटा एपीसी खरिद प्रकरणमा ठेकेदार कम्पनी र सो बलका केही अधिकृतको मिलेमतोका कारण संगठनलाई करोडौं रुपैयाँ घाटा पर्ने अवस्था सृजना भएको छ ।

सशस्त्र प्रहरी बलले साउथ सुडान मिसनका लागि २०७१ पुस ११ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ । एपीसी खरिदका लागि हङकङको ट्रेडवेल कम्पनीका तर्फबाट नेपालको एजेन्ट राजमान मिश्रले ठेक्का पारेका थिए ।

सो बलले पूर्व सम्झौताअनुरुप मिश्रलाई तत्काल एपीसी खरिदका लागि एलसी खोल्न आग्रह गर्दा उनको कम्पनी साउथ सुडानका लागि पतिवन्धित भएको पाइएपछि ठेक्का सम्झौता रद्ध गर्न खोजेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *