धरानमा सार्वजनिक पुस्तकालय बनाउन सांगीतिक साझ हुने

भरतराज शर्मा(गोपाल) 

मङसिर २८, सुनसरी । सार्वजनिक पुस्तकालय निर्माणका लागि पौषको पहिलो साता सुनसरीको धरानमा ‘पटनाली सांगीतीक साँझ’ हुने भएको छ ।

धरान–१७ पटनाली युवा समूहको आयोजनामा सांगीतिक साँझ हुन लनगेको हो । सो सागीतिक साझमा चर्चित गायक राजेशपायल राई सहित गायक गंगा बरदान, डिल्ली फम्बो , प्रशान्त शर्मा लगायतको पूस्तुती रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।

त्यस्तै बिमोक्स ब्याण्ड, युनाइटेड डान्स सेन्टर, दिपज्योती डान्स सेन्टरका कलाकारहरुको समेत प्रस्तुती रहने पटनाली युवा समूहका सचिव प्रदीप राईले जानकारी दिएका छन् ।

पुस्तकालयको लागि देश विदेशबाट सहयोग भइरहेको समेत राईले जनाकारी दिए । साँझबाट उठेको करिब ३ लाख रुपैया उठाउने र पुस्तकालय निर्माणमा खर्च गर्ने लक्षय रोको राईले बताए ।

पुस्तकालय २ कोठे निर्माण गर्ने तयारी रहेको पुस्तकालयका अध्यक्ष विकास श्रेष्ठले जनाकारी दिए । कार्यक्रम धरान–१७ स्थित ज्वालामुखी माविको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *