इँटा खसेर एकको मृत्यु, ८ घाइते

२०७४ जेठ १५ गते

“काठमाडौं, मंसिर २७ । चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ ।
आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर रोल्पा घर भएका ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित