एमालेका पध्मा अर्यालसंग उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित

मंसिर २५, पोखरा । दलहरुको बीचमा अन्तरिक विवादका कारण चार दिन ढिलोगरी मतणना सुरु भएको स्याङजामा मतगणना सकिएको छ । सर्वाधिक चासो र चर्चा रहेको क्षेत्र नम्वर २ को प्रतिनिधि सभासदस्यको पछिल्लो मतगणनामा एमालेकी पध्मा अर्याल विजयी भएकी छन् । उनले काँग्रेसका केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्लाई पराजित गरेकी हुन् ।

तीन पटक सम्म लगातार श्रेष्ठ विजयी हुदै आएको स्याङजामा यस पटक एमालेकी पध्मा अर्यालले चुनाव जितेकी हुन् । अर्याल ३५ हजार १ सय ४२ मत प्राप्त गरि विजयी भएकी छन् । उनका निकट्तम प्रतिद्धन्दी उपप्रधानमन्त्री श्रेष्ठले ३१ हजार ४ यस ३६ मत पाएका थिए । अर्याल र श्रेष्ठबीच ३ हजार ७ सय ६ मतको अन्तर रहेको छ ।

त्यसैगरी क्षेत्र नम्वर १ मा यस अघि नै एमालेका नारायण मरासिनी निर्वाचित भईसकेका छन् । प्रदेश सभा तर्फ बामको तर्फबाट एमालेका मिन गुरुङ, मोहन प्रसाद रेग्मी, दिपक चर्तिमर विजयी भएका छन् भने काँग्रेसको तर्फबाट भागवत मल्ल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *