नेपाल टेलिकममा कामिनीकाे ब्रम्हलूट, फाेरजी सेवामा २० अर्बकाे चलखेल


फागुन ३, काठमाडाैं । ‘राष्टकाे लागि सञ्चार’ भनेकाे नेपाल टेलिकम यतिबेला कामिनी राजभण्डारीकाे पेवा बनेकाे छ । उनी टेलिकमलार्इ उक्साउन भन्दा डुवाउनमा लागेकी छिन् । टेलिकमले देशभर फाेरजी सेवा सञ्चालन गर्न एक वर्ष अघिदेखि प्रयास गरेपनि कामिनीकै कारण असफल भर्इरहेकाे छ ।
कामिनी यतिबेला अाफ्नाे पद जाेगाउन भर्खरै सरकारबाट बाहिरिएका सञ्चारमन्त्री माेहनबहादुर बस्नेतसँग साँठगाँठमा छिन् । उनले कामिनीले अाफ्नाे पद जोगाउनका लागि फोरजीको ठेक्का हुवावेलाई दिनेगरी राता–रात टेण्डरको मूल्यांकन गरिरहेकाे खुल्न अाएकाे छ ।

संचार मन्त्री मोहनबहादुर बस्नेतको सेटिङमा कामिनीले ३२ अर्ब रुपैयाँमा हुवावेलाई फाेरजीकाे ठेक्का दिने तयारी गरिरहेकी छिन् ।यसका लागि उनले रातदिन मूल्यांकनको काम गराइरहेकी छिन् । स्वच्छ प्रतिस्पर्धा गराउँदा ५ अर्बमा हुने काम ३२ अर्बमा ठेक्का दिएर अरबौं रुपैयाँ घुस खाने योजनामा कामिनी राजभण्डारी र तत्कालिन सञ्चारमन्त्री बस्नेत विच भित्री सहमति भएकाे स्राेतकाे दावि छ । पाँंच अर्बमा सम्पन्न हुने फोर जी नेटवर्क विस्तारका लागि ३२ अर्ब खर्च गरेर टेलिकमलाई धराशायी बनाउन राजभण्डारी लागे पछि टेलिकमका केही अधिकारीहरू नयाँ बन्ने सरकारकाे शरणमा जान थालेका छन् । गत साता मात्र टेलिकमका केहि अधिकारीले नेकपा एमाले र माअाेवादी केन्द्रका केहि प्रभावशाली नेताहरूलार्इ भेट गरेर सविस्तार गरेका छन् ।
‘फाेरजीकाे ठेक्का दिने कुरामा प्रबन्धनिर्देशक ज्यू र सञ्चारमन्त्री ज्यू विच धेरै कुराकानी भएकाे छ । संभवतः याे हप्ता सार्वजनिक हाेला ।’ टेलिकम स्राेत भन्छ । स्राेतका अनुसार फाेरजी सेवाकाे लागतबाट बस्नेतले १० प्रतिशत पाउनुपर्ने शर्त तेर्स्याएका छन् ।
एनसेलले ४ अर्बमा देशभर फोरजी सेवा विस्तार गरेको छ । तर टेलिकम ३२ अर्ब रुपैयाँमा हुवावेलाई टेण्डर दिने योजनामा छ । त्यही हुवावेले ५ अर्बमा देशभर फोरजी सेवा संचालन गर्ने प्रस्ताव यसअघि टेलिकममा प्रस्तुत गरेको थियो । तर अहिले त्यो प्रस्ताव गायब पारी ३२ अर्बभन्दा बढी रकममा ठेक्का दिन लागिएको छ ।
कामिनीलार्इ अनील झाकाे भूत
फाेरजी सेवा ठेक्का दिने कुरामा शुरूमा कामिनीकाे मन्त्री सँग मतभेद थियाे । अनुमानित भन्दा सात गुणा बढि लागतमा ठेक्का दिँदा टेलिकम टाट पल्टने र त्यसकाे अपजस अाफुलार्इ अाउने भन्दै पन्छिएकी कामिनीलार्इ सञ्चारमन्त्री बस्नेतले अनिलकुमार झाकाे भूत देखाए । ‘हेर्नुस् अर्काे सरकारले पनि फाेरजी दिनै पर्छ, मेरै पालामा गर्नुभाे भने, तपार्इलार्इ पनि सहज नै हाेला । हैन भने, तपार्इकाे ठाउँमा अरू अाउन मरिहत्ते गरेकै छन् । म अगाडी बढ्न सक्छु ।’ यसाे भन्दै बस्नेतले कामिनीलार्इ तर्साए । मन्त्रीले अाफैंलार्इ बलिकाे बाेकाे बनाउने चाल पाएपछि कामिनीले अाफ्नाे पद जाेगाउनका लागि फाेरजी सेवा ठेक्का दिने मनस्थिति बनार्इन् ।
हुवावेकाे सपना चकनाचुर
हुवावेले काठमाडाैं र पोखरा बाहेक सबै जिल्लामा फोरजीको ठेक्का लिने योजना बुन्न मन्त्री बस्नेतलार्इ १० प्रतिशत कमिसनकाे अफर गरेकाे स्राेतकाे दावि छ । स्रोतका अनुसार हुवावेले मन्त्री बस्नेतलाई पर्याप्त घुस दिएर कामिनीलाई नहटाउने र ठेक्का अर्को सरकार नबन्दै टुंगो लगाउने गरी सेटिङ मिलाइसकेको थियाे तर, अाजै प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएपछि हुवावेकाे सपना चकनाचुर भर्इदियाे । यो सरकार छउन्जेल नहटाउनका लागि हुवावेले अख्तियार प्रमुख दीप बस्नेत र आरजु देउवामार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि मिलाइसकेको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामिनीले मन्त्री बस्नेतलाई हुवावेमार्फत् मिलाएर पद जोगाइसकेपछि ३२ अर्बको ठेक्का अर्को सरकार गठन नहुँदै टुंगो लगाउन कस्सिएकी छिन् । अब पोखरा र काठमाडौं बाहेक देशभरको लागि हुवावेलाई नै ठेक्का दिने योजना अनुसार टेण्डर खोली मूल्यांकन अन्तिम चरणमा छ ।
प्रदीप र भारतीकाे समुह
दुई समूहमा गठित मूल्यांकन समितिको एउटा समूहमा प्रदीप ठाकुर, प्रेम गुरुङ, अमूल प्रधान, सञ्जय शाक्य, निरज राजवंशी, मुनिष आचार्य, सरोज लाल, निमिष पाण्डे, प्रतिभा कार्की, किरण महर्जन, सुमिता थापा, मुकेश श्रेष्ठ, सुबिन श्रेष्ठ र अनुप रेग्मी रहेका छन् ।
यसैगरी अर्को समूहमा नरेशकाजी शाक्य, राजेन्द्र श्रेष्ठ, देवेन्द्र खतिवडा, अनन्त मल्लिक, राजेन्द्र महर्जन, चिन्मयानन्द, प्रेम क्षेत्री, शेरबहादुर श्रेष्ठ, सुजन श्रेष्ठ, शिवराम तुइतुई, मीनु प्रधान, गंगासागर मतिन्छे, शोभन अधिकारी, मिलन श्रेष्ठ, निर्जल श्रेष्ठ, परमात्मा भट्टराई, सुसन श्रेष्ठ, सुनील कर्ण, नरेन्द्र चेमू श्रेष्ठ, हरि पौडेल, कृष्ण फेलू, किरण महर्जन, कबिन श्रेष्ठ, र सुरेन्द्र कर्माचार्य छन् ।
यी दुवै समूहको प्रमुखमा एउटाको प्रमुखमा सिद्धप्रताप भारती रहेका छन् भने अर्को समूहका प्रमुख प्रदीप उपाध्याय रहेका छन् । टेण्डर मूल्यांकन कमिटीका दुवै समूहमा रहेकामध्ये प्रदीप ठाकुर बाहेक अरु सबै ५ अर्बमा हुने फोरजीको काम ३२ अर्बमा दिएर राष्ट्रविरुद्ध आर्थिक अपराध गर्ने पक्षमा नरहेको बताइन्छ । एक दुई दिनमै टेण्डर मूल्यांकनको काम सकिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । उनले छिटोभन्दा छिटो फोरजीको टेण्डरको मूल्यांकनको काम सकेर ठेक्का दिने तयारीमा टेलिकम रहेकाे बतार्इन् ।
अख्तियार अाउ टेलिकम बचाउ
नेपाल टेलिकमका केहि इमान्दार कर्मचारी कामिनी र बस्नेतकाे सड्यन्त्रबाट टेलिकमलार्इ बचाउन अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगमा समेत पुगेका छन् । ‘फाेरजी सेवा ठेक्कामा सोझै २० अर्ब घोटाला हुन लागेको छ हामी अब चुप लागेर बस्न सक्ने अवस्थामा छैनाैं ।’–टेलिकम उच्च स्रोत दावि गर्छ । अघिल्लो पटक हुवावेलाई विनाटेण्डर काठमाडौं र पोखरामा फोरजी सेवाको ठेक्का दिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेको छ ।
अख्तियारलाई समेत मिलाउने जिम्मा मोहन बस्नेतले लिएका छन् । मन्त्री बस्नेत पहिला अख्तियार प्रमुख दीप बस्नेतकाे (माघ २९ मा अवकाश) को घरमा डेरा बसेकाले उनको सम्बन्ध हार्दिक रहेको छ । मन्त्री बस्नेतले त्यही सम्बन्धका आधारमा अख्तियारको छानबिन रोक्नेदेखि हुवावेलाई ठेक्का दिलाउनेगरी मिलाउन सफल भएका छन् । दीप बस्नेत माघ २९ मा बिदा हुनुअघि नै हुवावेलाई फोरजीको ठेक्का दिने गरी काम सक्न कामिनी राजभण्डारी लाग्दैआएकी थिइन् । तर सो संभव नभए पनि हिजाे टुंगो लगाउने याेजना थियाे ।
अख्तियारकाे अध्ययन
अहिले हरेक दिन राति १२ बजेसम्म टेण्डर मूल्यांकन कमिटीलाई काम गरेर टुंगो लगाउन राजभण्डारीले निर्देशन दिएकी छिन् । मन्त्री बस्नेत कामिनीलाई कुनै हालतमा हटाएर छाड्ने खेलमा थिए, त्यसका लागि अनिल झासँग उनले धेरै चरणमा कुरा पनि गरेका थिए तर हुवावेले उनलाई ठूलो रकम दिएर कामिनीको थमौती गर्न सफल भएको छ ।
अाेली सरकारले कामिनीलार्इ बचाउला ?
दीप बस्नेतको अख्तियारबाट बहिर्गमनसँगै कामिनीले टेलिकममा फोरजी सेवामा गर्न लागेको अरबौं रुपैयाँको चलखेललाई अख्तियारले सतर्कतापूर्वक नजिकबाट अध्ययन गरिरहेको अख्तियार स्राेतकाे दावि छ । दीप बस्नेतको अख्तियारबाट बहिर्गमनसँगै कामिनीले टेलिकममा फोरजी सेवामा गर्न लागेको अरबौं रुपैयाँको चलखेललाई अख्तियारले सतर्कतापूर्वक नजिकबाट अध्ययन गरिरहेको छ । र, ५ अर्बमा हुने फोरजी सेवाको ठेक्का ३२ अर्ब रुपैयाँमा दिएर २० अर्ब भन्दा बढी नीतिगत भ्रष्टाचार गरेकोमा छानबिन गरी मुद्दा नै चलाउन सक्ने संभावना छ । ५ अर्बमा हुने काम ३२ अर्बमा ठेक्का दिएको बिषयमा अाज बनेकाे सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेको छ । यस्तो अपारदर्शी रुपमा अरबौंको भ्रष्टाचारमा संलग्न कामिनीलाई ओली सरकारले बर्खास्त गर्ने तहसम्म पुग्ने बताइएको छ ।
कामिनीकाे दिल्ली दाैड
स्रोतका अनुसार सो टेन्डरमा नोकिया नेटवर्क, जेडटीई, अल्काटेल, माभिनियर, सिटियसजस्ता प्रतिष्ठित कम्पनीहरुले प्रतिस्पर्धा गर्न खोजे पनि लागत अनुमान अर्थात् करिब ३२ अर्बमै सो कार्य हुवावेलाई दिने चाँंजोपाँंजो राजभण्डारीले मिलाइरहेकी छन् । उनी एउटा गोष्ठीको बहानामा केही दिनअघि दिल्लीमा गएर हुवावेसँग सबै सेटिङ मिलाएर फर्किसकेकी स्राेतकाे दावि छ ।
