भारत विरुद्ध पहिलो एकदिवसीयमा श्रीलंकाको सानदार जित

एजेन्सी । भारत विरुद्धको पहिलो एकदिवसीय खेलमा श्रीलंकाले सानदार जित हात पारेको छ । धर्मशालामा आइतबार भएको खेलमा श्रीलंकाले ७ विकेटको जित हात पारेको हो ।

भारतले दिएको १ सय १३ रनको झिनो लक्ष्य श्रीलंकाले २०.४ ओभरमा ३ विकेटको क्षतिमा पार गर्‍यो । श्रीलंकाको जितमा उपुल थारांगाले ४९ रनको योगदान गरे । उनले ४६ बलमा १० चौका प्रहार गरे । एन्जेलो म्याथ्युले नटआउट २५ र डिकवेलले नटआउट २६ रनको योगदान गरे ।

त्यसअघि खराब ब्याटिङ गरेको भारत ३८.२ ‌ओभरमा १ सय १२ रनमा अलआउट भयो । भारतका लागि महेन्द्रसिंह धोनीले सर्वाधिक ६५ रन जोडे । उनले ८७ बलमा १० चौका र २ छक्का प्रहार गरे । हार्दिक पाण्ड्याले १० र कुलदिप यादवले १९ रनको योगदान गरे ।

सुरुवातमा भारत खराब स्थितिमा थियो । भारतले १७ ओभर चल्दै गर्दा ७ विकेट गुमाउँदा केवल २९ रन जोडेको थियो । भारतको इनिङ ध्वस्त पार्न श्रीलंका सुरंगा लकमलले ४ तथा नुवान प्रदीपले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *