बाममय झापा ! कहीँ कतै देखिँदैन खोट

काठमाडौं,मंसिर २४ । प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ ।

आज दिउँसो सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा गठबन्धन विजयी बनेका हुन् ।

 

झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा राम कार्की विजयी हुनुभएको छ । नेकपा (माओवादी कोन्द्र)का स्थायी कमिटी सदस्य कार्कीले ३६ हजार १७३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विश्वप्रकाश शर्मासँग उहाँ दुई हजार ८७३ मतान्तरमा विजयी बनेका हुन् । शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नं २ मा वाम गठबन्धनकी उम्मेदवार पवित्रा निरौला खरेल विजयी बनेका छन् । काँग्रेसका उम्मेदवार उद्वव थापालाई १३ हजार ७६७ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । खरेलले ४५ हजार ८१७ मत प्राप्त गर्नुभयो भने थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।

झापा क्षेत्र नं ३ मा वाम–राप्रपा गठबन्धनका तर्फबाट राप्रपाका राजेन्द्र लिङ्देन विजयी बनेका छन् । लिङ्देनले नेपाली काँग्रेसका सिटौलालाई १३ हजार १५६ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गर्नुभएको छ भने सिटौलाले ३१ हजार १७१ मत प्राप्त गरे ।

झापा क्षेत्र नं ४ मा वाम गठबन्धनका उम्मेदवार लालप्रसाद साँवा (एलपी) विजयी बनेका छन् । १६ हजार ६९३ मतान्तरमा नेकाका उम्मेदवार देउकुमार थेवेलाई पराजित गर्दै उनी विजयी बनेका हुन् । साँवाले ४३ हजार ५१५ मत प्राप्त गर्दा थेवेले २६ हजार ८२२ मत प्राप्त गरे ।

झापा क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार केपी शर्मा ओली विजयी बने । ओलीले २८ हजार ८४२ मतको अन्तरले नेका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका थिए । एमाले अध्यक्षसमेत रहेका ओलीले ५७ हजार १३९ मत प्राप्त गरे भने काँग्रेसका उम्मेदवार डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गगरेका थिए ।

प्रदेशसभातर्फ झापा क्षेत्र नं १ को (क)मा एमालेका श्रीप्रसाद मैनाली विजयी बनेका छन् । उनले काँग्रेसका उम्मेदवार केशवराज पाण्डेलाई पाँच हजार ७३२ मत अन्तरले पराजित गरेका थिए ।
मैनालीले २२ हजार ९७२ मत प्राप्त गरे भने पाण्डेले १७ हजार २४० मत प्राप्त गरेका थिए ।

क्षेत्र नं १ कै (ख)मा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी बनेका छन् । उनले काँग्रेसका उम्मेदवार अशोककुमार पोखरेललाई सात हजार ८६१ मत अन्तरले जीत हासिल गगरे । बुढाथोकीले १७ हजार ८३९ मत प्राप्त गर्नुभयो भने पोखरेलले नौ हजार ९७८ मत प्राप्त गरे ।

क्षेत्र नं २ को (क)मा नेकपा (एमाले)का एकराज कार्की विजयी बनेका छन् । कार्कीले नेकाका उम्मेदवार लक्ष्मण खड्कालाई पराजीत गर्दैै विजयी बनेका हुन् ।

कार्कीले २१ हजार २८४ मत प्राप्त गरे भने खड्काले १२ हजार ७९२ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर आठ हजार ५६२ रहेको छ ।

क्षेत्र नं २ को (ख)मा एमालेका बृख प्रधान विजयी बनेका छन् । उनले काँग्रेसका उम्मेदवार खड्ग प्रसाईंलाई सात हजार ९१ मतले पछि पार्दै विजयी बनेका हुन् । प्रधानले २५ हजार ४२१ मत प्राप्त गरेका थिए भने प्रसाईंले १८ हजार ३३० मत प्राप्त गरे ।

झापा क्षेत्र नं ३ को .(क)मा एमालेका वसन्त बानियाँ निर्वाचित भएका हुन् । काँग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशीलाई पछि पार्दै उनी विजयी बनेका हुन् ।

बानियाँले २२ हजार ५५३ मत प्राप्त गरे भने राजवंशीले १७ हजार पाँच मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर पाँच हजार ५४८ मत रहेको छ ।

क्षेत्र नं ३ कै (ख)मा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी निर्वाचित भएका छन् । उनले काँग्रेसका उम्मेदवार भगीरथ पोद्दारलाई पछि पार्दै निर्वाचित भएका हुन् । राजवंशीले २२ हजार ६५ मत प्राप्त गरे भने पोद्दारले १४ हजार ७५३ मत प्राप्त गर्न सफल भए । उनीहरुबीचको मतान्तर सात हजार ३३० रहेको छ ।

क्षेत्र नं ४ को (क) मा नेकपा (माओवादी केन्द्र) का झलकसिंह दर्लामीले काँग्रेसका उम्मेदवार किरण भट्टराईलाई चार हजार ७७५ मतान्तरले विजयी भएका छन् ।

दर्लामीले १७ हजार २५६ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले १२ हजार ४८१ मत प्राप्त गरेका छन् । क्षेत्र नं ४ को (ख)मा एमालेका हिरा थापा निर्वाचित हुनुभएको छ । थापाले २४ हजार ९०१ मत प्राप्त गरे भने काँग्रेसका उम्मेदवार उत्तम सुवेदीले १४ हजार ९६५ मत प्राप्त गरेका थिए । थापा र सुवेदीबीचको मतान्तर नौ हजार ९३६ रहेको छ ।

झापा क्षेत्र नं ५ को (क) मा नेकपा (एमाले)का हिक्मत कार्की निर्वाचित भएका छन् । उनले २४ हजार ९८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार अनिलकृष्ण प्रसाईंले १८ हजार ६३६ मत प्राप्त गरे ।

उनीरुबीचको मतान्तर पाँच हजार ४६२ रहेको छ । क्षेत्र नं ५ को (ख)मा नेकपा (एमाले)का अर्जुन राई निर्वाचित भएका छन् । उनले ३० हजार ९७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार राजनबहादुर ढुंगानाले १० हजार ९९३ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर १९ हजार ९८३ रहेको छ ।

झापामा पाँच लाख ८५ हजार १६६ मतदाता रहे पनि चार लाख १४ हजार ९०१ मत खसेको थियो । प्रतिनिधि तथा प्रदेशसभा गरी १४१ जना उम्मेदवार चुनावी मैदानीमा उत्रिएका थिए ।

झापा क्षेत्र नं १ मा ७५ हजार ९७० मत खसेको थियो भने सदर मत ७३ हजार ३०३ मत र बदर मत सङ्ख्या दुई हजार ६७६ रहेको छ ।

क्षेत्र नं २ मा ८५ हजार ८१६ मत खसेको छ । क्षेत्र नं ३ मा ८२ हजार ९२४ मत खसेको छ भने क्षेत्र नं ४ मा ७७ हजार ३२५ मत खसेको छ । क्षेत्र नं ५ मा ९३ हजार ४८ मत खसेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *