भारतीय अर्धसैन्य बलका एक सदस्य द्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली, २४ मङसिर । भारतको अर्धसैन्य बलका एक जना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।

उक्त सैन्य बलको केन्द्रीय शिविर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

शनिवार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए ।

“उसले आफ्ना चारजना सहकर्मीलाई बन्दुक प्रहार गरेका थिए, त्यसपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो, अर्का एक जना सहायक निरीक्षक घाइते भएका छन्,” नाम नबताउने सर्तमा बिजपुरका एक अधिकारीले भने ।

छत्तिसगढ राज्यका वरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सञ्चार माध्यमहरुलाई शनिवार अबेर दिएको जानकारी अनुसार घटना के कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट भइसकेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनले किन यसरी गोली प्रहार गरेका हुन् अथवा उनीहरुबीच कुनै झगडाको कारण के थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

उनले दिएको जानकारीअनुसार सो सैन्य बलमा बन्दुक प्रहार गरी हत्यागर्ने ३५ वर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको पनि जानकारी दिएका छन् ।

छत्तिसगढका मुख्यमन्त्रीले ट्वीटरमार्फत् घटनाको भत्र्सनागर्दै दोषीलाई कारबाही गर्ने बताउनु भएको छ । छत्तिसगढ राज्य माओवादी प्रभावित क्षेत्र मानिन्छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =